नियम २०
परिषद्ले निर्णय गर्ने
नियम १९ बमोजिम जाँचबुझ समितिले पेश गरेको प्रतिवेदन
परिषद्ले अध्ययन गर्दा मूलत  आरोप लागेको व्यक्तिलाई नियम १६ र १८ बमोजिम
क्रमश सफाइ र स्पष्टीकरण पेश गर्न पर्याप्त मौका दिए नदिएको तथा निजले पेश
गरेका सफाइ र स्पष्टीकरण तथा सो साथ संलग्न प्रमाण र जाँचबुझ समितिले आफूले
संकलन गरेको प्रमाणको वस्तुनिष्ठ मूल्यांकन तथा विश्लेषण गरे वा नगरेको कुरा
समेतलाई विचार गरी आरोप लागेको व्यक्तिले आरोपित कसूर गरे वा नगरेको सम्बन्धमा
उचित मूल्याङ्कन गरी स्पष्ट कारण खुलाई निर्णय गर्नु पर्नेछ ।